सर्लाहीमा लागूऔषध गाँजासहित एक महिला पक्राउ

सर्लाहीमा लागूऔषध गाँजासहित एक महिला पक्राउ

हरिवन : सर्लाहीमा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन्।

सर्लाही जिल्लाको हरिवन नगरपालिका-३, डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङलाई ३ किलो ७ सय ९० ग्राम गाँजासहित ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको हो।

उनको घर र पसल तलासी गर्दा उक्त लागूऔषध गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *