गोडैता – सर्लाही जिल्ला गोडैता नगरपालिकामा नुहाउने क्रममा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–५, किरिङ टोलका जनिफ मन्सुरका छोरा १५ बर्षिय सहमद मन्सुर रहेका छन्।
आज (आइतबार) अपरान्ह , घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको नहरमा नुहाउने क्रममा उनको नहरमा डुबेर मृत्यु भएको हो। पारिवारिक श्रोतका अनुसार अत्याधिक गर्मि भएपछी उनि गर्मि छल्न नहरमा पसेका थिए।
मन्सुर नहरमा पौडी खेल्ने क्रममा नहरभित्र रहेको ह्यूम पाइपमा पसेपछि पाईपमा अड्किएका थिए। त्यसपछि उनलाई उद्वार गर्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ। अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।