समीप निरौलाको मुख्य भुमिका रहेको “छामेर छात्तीमा” म्यूजिक भिडियो ककस्ले हेर्नू भयो?

समीप निरौलाको मुख्य भुमिका रहेको "छामेर छात्तीमा" म्यूजिक भिडियो सार्बजनिक

काठमाडौं। जुनु बिस्टको शब्द,बिशाल निरौलाको संगीतमा “छामेर छात्तीमा” सार्वजनिक भएको छ ।

“छामेर छात्तीमा” गित जुनु बिस्टको शब्द र बिशाल निरौलाको संगीतमा आधारित छ। यसमा गायिका बिपना बिस्टले आफ्ना मिठा र सुन्दर स्वरले गीतलाई अझ मनमोहक बनाएकि छिन।

बिशाल निरौलाले गीतको संगीत संयोजन गरेका छन् भने रंजन राईले यसलाई मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको छ, जसले गीतको गुणवत्ता अझ उत्कृष्ट बनाएको छ।

गीतको भिडियो संकेत अगस्तीको निर्देशनमा तयार गरिएको छ।यस भिडियोको मुख्य भुमिकामा समिप निरौला, सपना जनक, बिबेक बि.क., र कृषा श्रेष्ठको अभिनय देख्न सकिन्छ। यी कलाकारहरूले भिडियोमा प्रस्तुत गरिएका भावनात्मक र रोचक दृश्यहरूलाई जीवित बनाएका छन्। यस भिडियोको छायांकन सुनिल रावतले गरेका छन् जसले दृश्यहरूको सौंदर्यमा योगदान गरेका छन्।

समीप निरौलाको मुख्य भुमिका रहेको "छामेर छात्तीमा" म्यूजिक भिडियो सार्बजनिक

भिडियोको सम्पादन र रंगसंगत मिन रावलले गरेका छन् र उक्त भिडियोका दृश्यहरूलाई एकसूत्रमा पिरोइएका छन् । रंगसंगतले यसलाई अझ आकर्षक बनाएको छ। भिडियोको निर्माण जनक बि.क. द्वारा गरिएको हो, जसले गीतको प्रस्तुतीलाई पूर्णता दिएको छ।

यो सबै कामलाई एकसाथ ल्याउँदै “छामेर छात्तीमा” म्यूजिक भिडियो Bipana Bista युट्युब च्यानलमा उपलब्ध छ। यस गितको सम्पूर्ण टिमलाई बधाई र भविष्यमा अझ धेरै सफलता प्राप्त होस् भन्ने शुभकामना छ।

“छामेर छात्तीमा”
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *