११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद

११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद

पर्सा : पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरबाट प्रहरीले तस्करीको ११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद मालसामान बरामद गरेको छ।

बुधबार जिराभवानी-१ का स्थानीय सैफुल्लाह मियाँको घरबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका ११८ बोरा सख्खर र ३० बोरा युरिया मल प्रहरीले बरामद गरेको हो।

बुधबार नै भन्सार छली चोरी निकासी गर्न लागेको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ दशगजाबाट कस्तुरी ब्रान्डको ९ कार्टुन र एम्विसन ब्रान्डको ३ कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ।

बरामद भएका मालवस्तुहरू थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *