सर्लाहीको चुरे भेगका भत्किएका बाटाहरूले स्थानीयको दैनिकी कष्टकर

सर्लाहीको चुरे भेगका

सर्लाही : वर्षाका कारण बाटाहरू ठाउँ ठाउँमा भत्किएपछि सर्लाहीको चुरे भेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ।

वर्षाले लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाअन्तर्गत चुरे चुरे भेगका बस्तीका गोरेटो बाटाहरू वर्षाले भत्काएको छ।

अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्कोसम्म आवतजावत गर्न पनि मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन्।

हिँड्नसमेत अफ्ठ्यारो परिरहरेको यहाँ मोटरसाइकल, जिप, बसलगायत सवारीसाधन त चल्न नै छाडिसकेका स्थानीयको भनाइ छ।

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न मान्छेले नै बोकेर ढुवानी गरिरहनुपरेको लालबन्दी-१२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले बताए। अब बर्खायाम सकिएपछि मात्र बाटो मर्मत हुने उनले जानकारी दिए।

लालबन्दी नगरपालिकामा पर्ने लखन्देही, बाहुनीलगायत साना खहरे खोलामा बाढी आएर बाटो बिगारेपछि गएको ३ महिनादेखि सवारीसाधन सञ्चालन हुन नसकेको हो।

ती खोलामा पानी घटेका बेला व्यवसायीहरूले ट्याक्टरमार्फत जोखिम मोलेर खाद्यान्न ढुवानी गर्ने गर्छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएका छन्।

चुरे भेगको पत्थरकोट हुँदै सिन्धुलीको मरिन, छाप, कर्मैयाबाट हरिहरपुरगढीसम्म बस चल्ने गर्छ।

लालबन्दी नगरपालिका-१४ नारायणखोलाबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता उस्तै छ।

गाडी नचल्दा नारायणखोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारलगायत अन्य ठाउँसम्म आउजाउ गर्न ४/५ घन्टासम्म हिँड्नुपर्ने बाध्यता पनि छ।

सर्लाहीको चुरे भेगका

पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु, अटोलगायत अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न ४ घन्टा पैदल हिँड्नुपरिरहेको त्यहाँ स्थानीय पूर्ण लुंगेलीले बताए।

चुरे भेगमा दिनहुँजसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्न पत्थरकोटसम्म पैदल आउनसमेत समस्या भइरहेको उनले गुनासो गरे।

अहिले यस क्षेत्रमा उत्पादन भएको तरकारीलगायत अन्य खाद्यान्नसमेत बजार लगेर बेच्न नपाइएको किसानहरू गुनासो गर्ने गर्छन्।

गाडी नचल्दा स्थानीयलाई‚ विद्यार्थी स्कुल जान‚ बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रो परिरहेको छ।

थाहाखबरबाट

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *