रामगोपालपुर न.पा.का–२का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिए

रामगोपालपुर न.पा.का–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिए

जनकपुर । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर–बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा आज आइतबारस बिहान उनी मृत फेला परेका हुन् ।

उनी मृत फेला परेको नजिकै लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
डिएसपी जयसवारले कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिएको बताए ।

‘तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान जारी छ,’ उनले भने ।परिवारजनले प्रहरीलाई शनिबार साँझ वडाध्यक्ष मुकेशकुमार यादव साथीहरुसँग बर्दिबास गएको बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *