भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ

काठमाण्डौ – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ।

यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।

भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको ज्यान गएको हो ।

स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ।

ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ।

ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि,ट्रक चालक पक्राउ
गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु :कसरी भयो दुर्घटना ?

घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर आगजनीको प्रयास गरे पनि प्रहरीले सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।  भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको थियो । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *