डोटीमा बस दुर्घटना हुदा १६ जना घाइते भएका छन भने एकको अवस्था गम्भीर रहेको छ ।
डोटी जिल्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन्।
धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस बिहान ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटनाग्रस्त भएको हो।
घटनामा घाइते भएका १६ जना यात्रुमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
गम्भीर घाइतेलाई तत्कालन उद्धार गरी सुजङ अस्पतालमा उपचारका लागि पठाइएको छ।बस अन्दाजी एक सय मिटर तल सडकबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने अनुसन्धान जारी छ।

डोटीमा बस दुर्घटना ले सडक सुरक्षामा थप चुनौती खडा गरेको छ। यस्ता दुर्घटनाबाट बच्न ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता देखिएको छ।