सर्लाहीमा खोलाले बगाएको दिदिबहिनीलाई उद्दार गर्न जाँदा डुबेर वृद्धको मृत्यु –

बलरा : सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएको बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

बुधबार घाँस काट्न गएका स्थानीय अजय गिरीका छोरीहरू १२ वर्षीया निशाकुमारी र १५ वर्षीया पिंकी कुमारीलाई खोलाले बगाएको थियो।

त्यस क्रममा उद्दार गर्नका लागि खोलामा पसेका गजेन्द्रको डुबेर मृत्यु भएको हो। दिदीबहिनीमध्ये पिंकी कुमारी पौडी खेलेर बाहिर निस्किइन् निशा कुमारी बेपत्ता भएकी छिन्।

गजेन्द्रको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ भने बेपत्ता निशाकुमारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *