७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

सर्लाही जिल्लाको बागमती नगरपालिका-१२ स्थित पुतलीचोकमा रहेको कालिका होटलबाट प्रहरीले तीन जनालाई ७० वर्षीय वृद्धको पैसा लुटेर फरार भएको आरोपमा पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा बागमती नगरपालिका-४ निवासी ४० वर्षीय रामबहादुर थिङ, धादिङ निवासी ४४ वर्षीय कृष्ण ठकुरी, र विराटनगर महानगरपालिका-१२ निवासी ५४ वर्षीय रुपक भुजेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार, आरोपीहरूले सिन्धुलीको भिमानबाट बर्दिबास गइरहेको बसमा सवार

७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ
७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

प्रहरीले उनीहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ मात्र बरामद गरेको छ।

बाँकी रकम विभित्र बैंक खातामा जम्मा गरिएको र केही खर्च गरिसकिएको पाइएको छ। यसबारे थप अनुसन्धान जारी रहेको छ।

७० वर्षीय वृद्धको पैसा ४ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका थिए।

प्रहरीको तिव्र खोजीपछि, उनीहरूलाई सर्लाहीको कालिका होटलमा बसेको अवस्थामा राति १० बजे नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास बुझाइएको छ। घटना प्रहरीले छानबिन गरिरहेको छ र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *