गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी भनेर चिनिनी भारती घिमिरे दिदी नेपाली गाउँको उद्यमशीलताको प्रेरणादायक उदाहरण बन्नु भएको छ । उहाँ करिब १५ वर्षदेखि चटपटे बेच्दै आउनुभएको छ। हिउँदमा बदाम र गर्मीमा काँक्रा बेच्ने परम्परामा उहाँको व्यापार बढ्दै गएको हो।

उहाँको घरको आर्थिक अवस्था कमजोर भएका कारण, उहाँले आफ्नो छोराछोरीलाई पढाउनका लागि गाउँबाट गुल्मी सदरमुकाममा आएर चटपटे बेच्न थालेकी हुन।उहाँको यो व्यापारले मासिक १५ हजारभन्दा बढी आम्दानी भैरहेको छ, जसले गर्दा उहाँले घरको खर्च चलाउन सफल हुनु भएको छ।

गुल्मीकी चटपटे बेच्ने दिदी
गुल्मीकी चटपटे बेच्ने दिदी

भारती दिदी भन्नुहुन्छ, “काम कुनै पनि सानो हुँदैन। आफ्नो सोच सानो हुनु भएन, काम सानो हुँदैन। साथै कुनै पनि काम अनुशासनमा बसेर गर्नु पर्छ अनि सफल भइन्छ।”

उहाँको सफलताको यो कथा धेरैलाई प्रेरित गर्ने छ र धेरैलाई प्रेरित पनि गरेको उधाहरण पनि देख्न सक्छौ , जसले कामको कदर गर्न र आफूलाई स्थिरतामा राख्न महत्त्वपूर्ण सन्देश दिन्छ। चटपटे बेच्ने उहाँको यात्रा केवल व्यवसायको मात्र होइन, एक दृढ र समर्पित उद्यमीको कथा पनि हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *