सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उत्पादन द्रुत गतिमा विस्तार हुँदैछ।
स्थानीय किसानहरू यो फलको भविष्य उज्ज्वल देखेर यसको खेतीतर्फ आकर्षित भएका छन्।
हरिवन नगरपालिका-६ घुर्कौलीका चन्द्रमणि मैनाली लगायतका किसानहरूले ड्रागन फ्रुट खेतीमा लगानी गरेर मनग्य आय आर्जन गर्न थालेका छन्।
मैनालीले पहिलो चरणमा ३३ कठ्ठा जमिनमा ५८०० बिरुवा लगाएका छन। यी बिरुवाले तीन वर्ष नपुग्दै उत्पादन दिन सुरू गरिसकेका छन्।
ड्रागन फ्रुटको बजार मूल्य प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म रहेको छ, जसले किसानहरूको आयमा उल्लेख्य योगदान पुर्याएको छ।
सर्लाहीका किसानहरू यस खेतीलाई अझै विस्तार गर्दै छन्, र यसले जिल्लामा स्वरोजगारको अवसर पनि बढाएको छ। त्यसैले सर्लाहीमा ड्रागन फ्रुट खेतीले व्यवसायिक उन्नति गर्दै आएका छन।
तीनै तहका सरकारले प्राविधिक सहयोग प्रदान गरेमा यो व्यवसाय अझै फस्टाउने सम्भावना छ।