ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना:६२ यात्रुको मृत्यु

ब्राजिलको साओ पाउलो विमान दुर्घटना: ६२ यात्रुको मृत्यु

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेलबाट साओ पाउलोको मुख्य विमानस्थलतर्फ उडिरहेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको छ। विमानमा सवार ६२ यात्रुमा कुनै पनि जीवित रहन सकेका छैनन्।

सामाजिक सञ्जालमा भाइरल भएका दुर्घटनाका भिडियोहरूमा विमान आकाशमा घुम्दै तल झर्दै गरेको र कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन्, र स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो।

स्थानीय अधिकारीहरूले दुर्घटनामा सवार सबै यात्रु र चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि गरेका छन्। राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यो अत्यन्तै दुःखद घटना भएको बताएका छन् र पीडितका परिवार र साथीहरूप्रति समवेदना प्रकट गरेका छन्।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटनाको कारणबारे अझै कुनै जानकारी प्राप्त भएको छैन। विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ र विस्तृत विवरण आउन बाँकी छ।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना:६२ यात्रुको मृत्यु
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *