इँटाभट्टामा काम गर्ने मुन्सीको शव फेला –

सप्तरीः जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं १ मा एक जनाको शव फेला परेको छ।

राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए। कर्ण घटनास्थलनजिकै रहेको इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आइरहेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *