भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

काठमाडौँः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम रहेका क्षेत्रहरूमा रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा भारी वर्षा र अतिभारी वर्षाको प्रक्षेपण गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई उच्च जोखिममा राखेको छ।

उक्त सूचीमा ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, र बैतडी समावेश छन्।

प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गर्न, र आवश्यक परेको खण्डमा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै, विभागले यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन पनि सचेत गराएको छ।
Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *