काठमाण्डौः पेरिस ओलम्पिक फुटबल फाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। गएराति सम्पन्न सेमिफाइनल खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीपछि अतिरिक्त समय खेलाइएको थियो, जसमा फ्रान्सले दुई गोल गर्दै ३-१ गोलको जीत निकालेको हो। यसैगरी, अर्को सेमिफाइनल खेलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।
पेरिस ओलम्पिक फुटबल फाइनल खेल अगस्ट ९ मा हुनेछ, जहाँ फ्रान्स र स्पेनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यसअघि, अगस्ट ८ मा मोरक्को र इजिप्टले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगितामा फ्रान्स र स्पेनको उत्कृष्ट प्रदर्शनले फुटबल प्रेमीलाई रोमाञ्चित बनाएको छ। हरियाली नेपाल