काठमाण्डौः आर्थिक वर्ष २०८०/८१ मा तेह्रथुमबाट रु.५३ तेह्रथुमबाट रु.५३ करोडको गोलिया काठ निर्यात, रु ७ करोडभन्दा बढी राजस्व गोलिया काठ निर्यात भएको छ। निर्यातबापत संघीय सरकारलाई रु ७ करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर र रु ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ। तेह्रथुमका निजी वनबाट निर्यात भएको २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठले सरकारी दरमा हिसाब गर्दा यो मूल्य बराबरको परेको छ। डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईका अनुसार, निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख छन्।
काठ व्यवसायीहरूले ‘ए’ ग्रेडको उतिसको प्रति क्युफिट ४५ रुपैयाँ ५० पैसा र ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा मूल्य अभिवृद्धि कर तिरेका छन्। तेह्रथुमका गाउँगाउँमा वैदेशिक रोजगारीका कारण जनसङ्ख्या घट्दो छ, जसले गर्दा बाँझिएका खेतबारीमा आफैँ उम्रिने रूखहरु आठ–दश वर्षमा गोलिया बेच्न लायक हुन्छन्। यस व्यवसायबाट स्थानीय १२ जनालाई रोजगारी मिलेको वन पैदावार व्यवसायी सङ्घका अध्यक्ष उत्तम लिम्बूले जानकारी गराएका छन्।
तेह्रथुमबाट रु.५३ करोडको गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको छ भने केही मात्रामा चिलाउने, मलातो, पात्ले लगायतका काठ पनि निर्यात भएका छन्। साथै, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो निर्यात भएको छ, जसबाट रु ३३ हजार सात सय मूल्य अभिवृद्धि कर सङ्कलन भएको छ। मजिटो, चिराइतो, लोक्तालगायत जडीबुटीहरु पनि तेह्रथुमबाट निर्यात हुने प्रमुख उत्पादन हुन्।Source link