ग्यास्ट्राइटिस समस्याले धेरैलाई सताइरहेको हुन्छ ?ग्यास्ट्राइटिस भए के गर्ने ?

ग्यास्ट्राइटिस समस्याले धेरैलाई सताइरहेको हुन्छ ?ग्यास्ट्राइटिस भए के गर्ने ?

ग्यास्ट्राइटिस समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ।समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ।

यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन।पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ।

यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।


ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेको:

ग्यास्ट्राइटिसका लक्षणहरू

  • माथिल्लो पेट दुखाइ वा असुविधा हुने
  • ‌वाकवाकी र उल्टी आउने
  • ‌अपच हुने
  • ‌पेट फुल्ने
  • ‌भोक नलाग्ने

सामान्य ग्यास्ट्राइटिसमा यस्ता लक्षण देखिए अल्सर भइसकेको रहेछ भने कालो दिसा हुने,मुखबाट रगत जाने, वान्ता धेरै हुने लक्षण देखिन्छन्।

त्यस्तै परिवारमा कसैलाई आन्द्राको क्यान्सर भएको थियो भने तुरून्तै अस्पतालम गएर परीक्षण गर्नुपर्छ।


 चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने रक्सी चुरोट सेवन नगर्ने सकेसम्म घरमा बनाएको खाना खाने।

ग्यास्ट्राइटिस भए के गर्ने ? ग्यास्ट्राइटिसको उपचार

बाहिरको खाना नखाने जुनसुकै रोगको पनि चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने लहैलहैमा औषधि सेवन नगर्ने  ।

ग्यास्ट्राइटिसबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामान्य जीवनशैली र स्वस्थ खाना नै हो।

सही समयमा खाना खाने रेसा र चोकरयुक्त खस्रा मोटा खानेकुरा खाने सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने पानी प्रशस्त पिउने ।इन्डोस्कोपी गर्न नपरेको अवस्थामा दिसाको परीक्षण गरिन्छ। किटाणु रहेछ भने केही समय औषधि खानुपर्।

चिकित्सकको सुझाव अनुसार नै औषधि खानुपर्छ। ग्यास्ट्रिकको औषधि लामो समय खानु पर्दैन। सुगर, प्रेसर जस्ता रोगका बिरामी छन् भने मात्रै लामो समय औषधि खानुपर्छ।खानपिनमा अनुशासित हुने अनि दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ।

ग्यास्ट्रिक हुनेहरूले चुरोट, रक्सी लगायतबाहेक अरू खान हुन्छ। अलि चिल्लो, तारेको र मैदा प्रयोग भएको खाना नखाएको राम्रो हो।

यो रोगबाट बच्न वा कम गर्नको लागि यी सुझावहरू अपनाउन सक्नुहुन्छ:

  • रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ। यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन। तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ।
  • समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस् ।ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो। त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ। धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ। यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस।ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ। अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ। साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट बच्नुपर्छ।
  • तनावले “ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले ग्यास्ट्राइटिस को समस्यालाई कम गर्न मद्दत गर्छ ।
  • ‌धुम्रपान त्याग्नुहोस् ।
  • स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु ।केरा, स्याउ, जामुन, गाजर र हरियो साग तरकारीजस्ता कम अमिलो भएका फलफूल र तरकारी खानुस् । मसालेदार तरकारी खानु हुँदैन । यस्तै, फलफूल अम्लीय प्रकृतिको हुनु हुँदैन । 
  • प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।
  • समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *