काठमाण्डौः राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन् ।
समानुपातिक र समावेशितालाई नजरअन्दाज गरिए सह्यै नहुने थापाको भनाई छ । आइतबार पार्टीको काठमाडौँ–४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्वसत्तावादी र अधिनायकवादी सोच भएको टिप्पणी गरे ।
लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिडाइएको मार्गचित्र गलत भएको दाबी गरे ।
‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ’, थापाको भनाइ छ ।