शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी’ 

शिवशंकर रिजालको गाईजात्रे कोसेली 'ठगाठग कम्पनी

काठमाडौँ : सर्लाहीका चर्चित हास्यकलाकार शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी’ ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रामा प्रस्तुत गरेका छन्।

यो प्रस्तुति रिजालको लेखन, निर्माण, र निर्देशनमा तयार भएको छ। गाईजात्रा पर्वको परम्परा र संस्कृतिलाई सम्मान गर्दै, उनले प्रजातन्त्र, लोकतन्त्र, र गणतन्त्र प्राप्तिपछिका राजनीतिक, सामाजिक, र आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेका छन्।

रिजालले आफ्नो बाइसौँ गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी’ मार्फत मनोरञ्जन प्रदान गर्नुका साथै चेतना प्रवाह गर्ने उद्देश्यले विगतदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा नयाँ प्रस्तुति ल्याउने गरेका छन्। भूकम्प र कोरोना महामारीका वर्षहरूमा यो क्रम रोकिए पनि यस वर्ष पुनः इन्टरनेट (युट्युब) मार्फत ‘ठगाठग कम्पनी’ सार्वजनिक गरिएको छ।

शिवशंकर रिजालको गाईजात्रे कोसेली 'ठगाठग कम्पनी
शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी

यसमा रिजालसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, शिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, र प्रेम शर्मा पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

यस प्रस्तुतीमा राजनीतिक घटनाक्रम, सामाजिक विकृति, फेसन र ग्ल्यामरसम्मका विकृतिहरूलाई व्यङ्ग्य गरिएको छ। यसमा समावेश गरिएको प्यारोडी गीतले प्रस्तुतिको आकर्षण थपेको छ। आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *