गुरुदेव कामतलाई पारिश्रमिक नदिएको भन्दै मधेश प्रतिष्ठानसँग जवाफ मागियो –

जनकपुरधामः स्वर्गीय शास्त्रीय संगीतका गुरु गुरुदेव कामतलाई किन पारिश्रमिक नदिएको भन्दै मधेश प्रज्ञा प्रतिष्ठानसँग जवाफ माग गरेको छ।

कामतलाई किन ज्याला नदिएको भन्दै मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको हो। उक्त जवाफ साउन २२ गतेभित्र पेश गर्न मन्त्रालयले भनेको छ।

प्रतिष्ठानको क्यालेण्डरमा पनि स्व कामतले गरेको प्रस्तुतिको फोटो र भिडियोसमेत देखाइएको छ। उक्त कार्यक्रमसंग सम्बन्धित सम्पूर्ण कागजात साउन २२ गतेभित्र मन्त्रालयमा पेश गर्न मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिष्ठानसँग जवाफ माग गरिएको पत्रमा उल्लेख छ। उक्त पत्रमा मुख्यमन्त्री कार्यालयलाई पनि बोधार्थ गरिएको छ।

कामतको ६९ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि उनको निधन भएको थियो। कामतले निधन हुनुभन्दा दुई दिनअघि प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीले काम गराएबापत १ लाख ज्याला पनि नदिएको गुनासो गरेका थिए।

उनले गरेको उक्त गुनासोको भिडियो अहिले भाइरल नै बनेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *