काठमाडौँःभारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् ।
यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन्।वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।
त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन । सेनाले अहिले पनि ठूलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।
गत बुधबार भएको बर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ ।