२०८१ साल साउन १८ गते शुक्रबारको राशिफल :
मेष- नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशिर्वादले रोकिएको काम बन्न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ। ईर्श्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
वृष- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसँग सामान्य झगडा पनि हुन सक्छ। सवारी साधन हाँक्दा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनु हुनेछ। बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ। मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ। पठनपाठनमा राम्रै प्रगति हुनेछ।
मिथुन- कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्याउन सक्ने छैनन्। पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ।
कर्कट- तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ। बन्द व्यापारबाट फाइदा हुनेछ। आर्थिक पक्ष सबल नै छ यद्यपि समय बलियो छैन। गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।
सिंह- हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। पुरानो गतिले काम बिग्रन सक्छ।
कन्या- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखापर्ने देखिन्छ। परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्त्वपूर्ण समयको नाश हुने सम्भावना छ। समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला।
तुला- हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतीत भए पनि त्यसबाट राम्रो लाभ हुनेछ। पढाइमा सुधार आउला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ।
वृश्चिक- आर्थिक पक्ष सुदृढ बन्नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ। खानपानमा नियन्त्रण गर्नुहोला।
धनु- पारिवारिक सहयोग प्राप्त हुनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ। मनोरञ्जनपूर्ण समय छ। कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।
मकर- कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला। नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ।
कुम्भ- पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनेछन्। आम्दानी बढ्नेछ।
मीन- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। जीवनसाथी, सन्तति वा विपरीत लिंगी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ।