देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगुको संक्रमण देखिएको बताए ।
यस वर्ष धेरै पानी पर्ने अनुमान गरिएकाले लामखुट्टेको प्रजननका लागि मौसम अनुकूल भएकाले डेङ्गु रोगका बिरामी बढ्ने मन्त्रालयले प्रक्षेपण गरेको डा दाहालले बताए ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा २४९ जना डेंगुका बिरामी फेला परेका छन् ।
काठमाडौंमा २४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा काठमाडौं उपत्यकामा ३१६ डेंगुका बिरामी फेला परेका छन् । देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित फेला परेका छनडेंगुको संक्रमण अझै बढ्न सक्ने भएकाले सावधानी अपनाउन डा दाहालले सबैलाई आग्रह गरे ।