विष्णु गाउँपालिकामा मानव कंकाल भेटियो : a fox found human skeleton

विष्णु गाउँपालिकामा मानव कंकाल

मलंगवा : सर्लाहीको विष्णु गाउँपालिकामा मानव कंकाल भेटिएको छ। स्यालले खनेर निकालेको अवस्थामा मानवको अस्थिपञ्जर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र सिंहले जानकारी दिए।

स्थानीय ४५ वर्षीय दिनेश राय यादवको उखुबारीमा खाल्डो खनेर कपडाले बेरेर गाडिएको अवस्थामा स्यालले खोस्रेर सो कंकाल निकालेको हो।

प्रहरीले कंकालबारे अनुसन्धान थालेको छ र परीक्षणका लागि अस्पतालमा राखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *