पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

लालबन्दी : पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्काएको छ।

रातभर चुरे क्षेत्रमा आएको अविरल वर्षाका कारण पुल भत्किएपछि देशकै मुख्य राजमार्ग भएर गुड्ने सवारीसाधन आज बुधबार बिहानैदेखि रोकिएका थिए।

‘बाटो पूरै ब्लक छ। टुटेश्वर महादेव नजिकै आज बिहान पुल भत्किएको हो,’ इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले भने।

पुल भत्किएपछि बिहान केही समय सवारी आवागमन ठप्प भएको थियो। अहिले भने पूर्वपश्चिम राजमार्ग भएर चलेका सवारीसाधनलाई महोत्तरीको तल्लो भेग (हुलाकी राजमार्ग) हुँदै डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।

राजमार्गमा उल्लेख्य मात्रामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटाइएको सर्लाहीको ईश्वरपुर र महोत्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *