सिरहाः सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २७ वर्षीय इम्तियाज अहमद पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनलाई लहानबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। अहमदले विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी विदेशमा रहेका एक नेपाली व्यक्तिको कोभिडका कारण मृत्यु भएको झुटो विवरण दिने गर्थे।
उनले आफूलाई विदेशी नागरिक बनाएर सामाजिक सञ्जालमा कुराकानी गरी मृत व्यक्तिको बैंक खातामा रहेको ठूलो रकमको उत्तराधिकारी बनाउने प्रलोभन देखाएर ठगी गरेको आरोप लागेको छ।पक्राउपछि उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।