अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु,१४८ घाइते नेपालमा

अविरल वर्षाले बाढीपहिरो: १३४ मृत्यु, १४८ घाइते नेपालमा

सर्लाही : अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु भएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको हो।

अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु
अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु

बाढीपहिरोमा काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४८ जना घाइते भएका छन्।

प्रवक्ता कार्कीले भने, ” गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको अविरल वर्षा र बाढीपहिरोमा १३४ मृत्यु , कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा एकजना र कर्णाली प्रदेशमा एकजना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।”

बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन्। २३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढीपहिराकै कारण ६०३ वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट ४०३० घर परिवार विस्थापित भएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *