लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिए

लुम्विनीका मुख्यमन्त्री आचार्यले लिए सपथ, सपथमा एमाले संसदीय दलका नेता लिला गिरि भने अनुपस्थित

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन्। सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्।

आचार्य एमाले संसदीय दलको उपनेता हुन्। मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरि भने अनुपस्थित रहे।दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यमन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन्।

गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे। एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए। यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *