प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा

प्रधानमन्त्रीओली सौर्य एयरलाइन्सको

काठमाडौं । प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएको छ।

उद्धार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमानस्थल पुग्नुभएको हो। दुर्घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू पनि विमानस्थल पुग्नुभएको छ।

प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा

आज विहान ११ः११ मा काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ जनामध्ये २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु थिए । विमानमा सवार १९ जनामध्ये पाइलट मनिषरत्न साक्यको जिवितै उद्दार गरि काठमाडौंस्थिति काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

अन्य १८ जनाको भने निधन भएको छ । निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *