त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटना

सौर्य एयरलाइन्स दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ। विमानमा १९ जना रहेका थिए, जसमा ४ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो। जहाज पूर्णरुपमा क्षतविक्षत भएको छ।विमानका क्याप्टेन मनिषरत्न शाक्य र सहक्याप्टेन एस कटुवाल छन्।

 छन्।

त्यसैगरी, विमानमा रहेका अन्य १७ जना सौर्य एयरलाइन्सका कर्मचारी हुन्। त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटना १५ को मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले छन्।

राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडा छन्। यी सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *