वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

हेटौंडा : वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस बागमती संसदीय दलका नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

माओवादी नेतृत्वका पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दावी गर्न सूचना जारी गरिएको थियो। वागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त गर्ने निर्णय पछि नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको सपथ ग्रहण बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए।

वागमती प्रदेशमा १३ मन्त्रालय रहेका छन्, जसमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित ७ मन्त्रालय लिने सहमति भएको छ भने एमालेले भौतिक मन्त्रालयसहित ६ मन्त्रालय लिने सहमति गरेको छ। एमालेले प्रदेश सरकारमा जाने सबै मन्त्री र उनीहरूको विभाग टुंग्याइसकेको छ भने कांग्रेसले हालसम्म मुख्यमन्त्री बाहेक अन्य मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बहादुरसिंह लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लामाले मंगलबार नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दावी पेस गरेका थिए। एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेपछि लामालाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

  • बहादुरसिंह लामा वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
  • एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन
  • पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेलको राजीनामा पछि नियुक्ति
  • १३ मन्त्रालयमध्ये कांग्रेसको ७ र एमालेको ६ मन्त्रालयमा सहमति
  • बुधबार बिहान नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको सपथ ग्रहण
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *