भारतले नेपाललाई आर्थिक वर्षका लागि ७ सय करोड अनुदान दिने

भारतले नेपाललाई दिने अनुदान रकम बढ्यो, यी हुन् १० ठूला घोषणा

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्षका लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ। मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा उल्लेख छ। गत वर्षको भन्दा यस वर्ष ५० करोड भारु बढी अनुदान दिइने भएको छ। गत आर्थिक वर्षमा भारतले नेपाललाई ६ सय ५० करोड दिएको थियो।

सातौं पटक बजेट पेश गरेर कीर्तिमान बनाएकी सीतारमणले १ घन्टा २३ मिनेटको भाषणमा शिक्षा, रोजगारी, किसान, महिला र युवामा जोड दिएकी छन्। बजेटमा बिहार र आन्ध्र प्रदेशका लागि विशेष सहायता, नयाँ कर प्रणाली, र महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरू समावेश छन्।

भारतले नेपाललाई आर्थिक वर्षका लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने बजेटमा शिक्षा र रोजगारीका लागि महत्वपूर्ण प्रावधान गरिएको छ। पहिलो जागिरमा १ लाखभन्दा कम तलब हुनेलाई सरकारले तीन किस्तामा अधिकतम १५ हजार रुपैयाँ दिनेछ। बिहार र आन्ध्र प्रदेशमा पूर्वाधार र अन्य परियोजनाहरूका लागि ५८ हजार ९०० करोड र १५ हजार करोड रुपैयाँ क्रमशः छुट्याइएको छ।

नयाँ कर प्रणालीमा ७.७५ लाखसम्मको आय करमुक्त गरिएको छ। साथै, सौर्य ऊर्जा प्रवर्द्धनका लागि १ करोड घरमा मासिक ३०० युनिटसम्म निःशुल्क बिजुली दिने योजना पनि प्रस्तुत गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *