काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्ने सर्तमा ६ उद्योगलाई पुनः बिजुली जोड्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ६ उद्योगहरूलाई ३ महिनाभित्र बक्यौता बुझाउन सर्त राख्दै पुनः बिजुली जोड्न तयार भएको हो। मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले उक्त सर्त राख्दै उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार दिउँसो उद्योगमा लाइन जोड्न माइन्युट तयार भएको छ, जसमा उर्जामन्त्री दीपक खड्का, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, र उर्जासचिव सरित दवाडी लगायतको सहभागिता रहेको थियो।