नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षा क्षेत्रमा ठूलो लगानी : एक अर्ब ३३ करोड

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षा क्षेत्रमा ठूलो लगानी : एक अर्ब ३३ करोड

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षा क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा क्रमशः ७३.७२ करोड र ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रोफेसनल एडुकेटर्समा ३५.३२ प्रतिशत र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ। कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले बिमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधीकरणमा ध्यान दिइरहेको र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बिमा बजारमा एकचौथाइभन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधीकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवातस्वरूप शिक्षा क्षेत्रको लिडरका रूपमा स्थापित संस्थामा लगानी गरिएको बताए। प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बिमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको तथा एडुकेटर्सका कार्यकारी अध्यक्ष ओझाले शिक्षा र जीवन बिमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्नसमझदारी भएर नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षा क्षेत्रमा ठूलो लगानी गर्न लागेको तथा यो सम्झौता कोसेढुंगा साबित हुने धारणा राखे।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बिमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि भएका तथा आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *