नेपालभर मनसुनी वायुको प्रभाव, देशभर सामान्यदेखि पूर्ण बदली

नदीमा पानीको बहाव बढ्ने चेतावनी: उच्च सतर्कता अपनाउन विभागको आग्रह

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

नेपालभर मनसुनी वायुको प्रभाव

मंगलबार दिउँसो मनसुनी वायुको प्रभाव आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Recent Rainfall Data

पछिल्लो २४ घन्टामा दैलेखको ग्वाटीमा ९२ मिलिमिटर, पर्वतको कार्किनेटामा ८८ मिलिमिटर वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको दुबाचौरमा ७३ मिलिमिटर, नवलपुरमा ५५.६, बाहुनेपाटीमा ५०.२ मिलिमिटर, बाँसखर्कमा ५०, गोबरे केन्द्रमा ४८.८, मानेखर्कमा ४४.८ मिलिमिटर वर्षा भएको छ। काठमाडौंको सुन्दरीजल केन्द्रमा ५३.२, कपन क्षेत्रमा ६४.८, बबरमहल मापन केन्द्रमा ६२.२, नैकापमा ५५.८ मिलिमिटर वर्षा भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *