एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला

एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : प्रा.डा. संग्रौला

पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले एउटा भाषा सक्किएर अर्को भाषाको विकास नहुने भन्दै नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको विकास सँगसँगै गर्नु पर्ने बताएका छन्। काठमाडौँ स्कूलअफ लद्वारा आयोजित ‘मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’मा डा. संग्रौलाले मौलिक शिक्षाको प्रवद्र्धन गर्ने देशहरु विकसित भएको उदाहरण दिंदै राजनीति र नेताहरुले शासन मात्र नगरेर जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने बताए।

संगोष्ठीमा सहभागी भाषा विज्ञ, साहित्यकार तथा सरोकारवालाहरुले मैथिली र भोजपुरी भाषामा नेपालको संविधान अनुवाद गरी प्रकाशन गर्न माग गरेका छन्। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मातृभाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन प्रयत्न गरिरहेको जानकारी दिए।

मधेश विश्वविद्यालयका उपकुलपति दीपकबहादुर शाक्यले भाषा र इतिहासको सही अध्ययन जरुरी रहेको बताए भने पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति तथा भाषाविद् रामावतार यादवले मैथिली र अन्य भाषामा संविधान प्रकाशनले भाषालाई जीवन्त राख्ने धारणा राखे।

  • नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको सँगसँगै विकास आवश्यक
  • मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’ मा डा. युवराज संग्रौलाको भनाइ
  • नेपालको संविधान मैथिली र भोजपुरी भाषामा अनुवाद गरी प्रकाशन गर्न माग
  • भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले सरकारी कामकाजमा मातृभाषाको प्रयोगको प्रयास
  • मधेश विश्वविद्यालयका उपकुलपति दीपकबहादुर शाक्यले भाषा र इतिहासको सही अध्ययनको आवश्यकता
  • पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति रामावतार यादवले संविधान प्रकाशनको महत्व
  • भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चनले ११ वटा मातृभाषामा पठन पाठनको सिफारिस
  • पूर्वसचिव गोविन्द कुसुमले भाषाको एकतामा राज्यको ध्यान दिनुपर्ने आवश्यकता
  • कानूनका प्राध्यापक रवीन्द्र भट्टराईले मैथिली भाषामा संविधानको उपलब्धताका लागि पहल
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *