विश्वासको मतअघि कांग्रेस–एमालेबीचको सहमति संसदबाट सार्वजनिक गर्नु पर्छ : महामन्त्री थापा

कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिए : गगन थापा

काठमाडौं । सत्ता समीकरणका लागि कांग्रेस–एमालेबीच भएको सहमतिबारे राजनीतिक वृत्तमा चासो छ ।
असार १७ गते गरिएको उक्त सहमतिका केही बुँदा बाहिर आए पनि हस्ताक्षरसहितको सहमतिपत्र अहिलेसम्म गोप्य नै राखिएको छ ।

हस्ताक्षरकर्तामध्येको ठूलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उक्त सहमति सार्वजनिक गर्न ढिला गर्नु नहुने बताएका छन् ।कांग्रेस र एमालेबीचको उक्त सातबुँदे सहमति प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्‌बाट विश्वासको मत लिने बेला सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

४२औँ बिपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री ओली आफैँ ​हस्ताक्षरकर्ता मध्येका एक रहेकाले विश्वासको मत लिने क्रममा उक्त सम्झौता सार्वजनिक गर्नुपर्ने उनको सुझाब छ ।
कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिअनुसार नै कांग्रेसले कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको भन्दै थापाले नेपाली कांग्रेस सम्झौताअनुसार नै अगाडि बढेकाले एमाले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *