काठमाण्डू, श्रीलंकामा जारी एसीसी महिला एसीया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ ।
नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो जीतले उत्साह साथ बलियो प्रतिद्वन्द्वी विरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसीया कपमा पहिलो ऐतिहासिक जीत निकालेको थियो ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दै छ । भारत लगातार जीत निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ ।
यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।
नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
आवाज बिहिनहरुको आवाज