मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हाले

मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हाले

काठमाडौं । मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन् । उनी अर्बपति व्यापारी पनि हुन् ।

६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन् । मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरू बिच परिक्रमाद्वारा विभाजित हुन्छ।

प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ। वर्तमान राजा देशको जोहर प्रान्तका हुन्। उनीसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *