नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौं । नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

नेपाल न्याय सेवारकानुन समूहका सचिव अधिकारी ५८ वर्षे उमेर हदका कारण मंसिर २८ गते घर जाने सूचीमा थिए । तर, उनले ६ महिना अगाडि नै सचिवबाट राजीनामा दिएका हुन् ।

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गर्ने अवसर पाए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा काम गरे । संखुवासभाली अधिकारीले के कारणले राजीनामा दिए त्यस्तो विशेष कारण भने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *