महोत्तरी जिल्लाको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

महोत्तरी। महोत्तरी जिल्लाको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वको अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो। दुर्घटना बिहीबार अपराह्न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेको ट्र्याक्टर परिकौली चौकनजिकै दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार, दुर्घटनाको मुख्य कारण ट्र्याक्टर चालकले तीव्र गतिमा सवारी कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका २७ जनामध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने एक जनालाई गम्भीर चोटका कारण जनकपुर पठाइएको छ।

प्रहरीका अनुसार, दुर्घटनामा परेका धेरै यात्रुहरूको हातखुट्टा, टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि ट्र्याक्टर चालक फरार भएका छन् र उनको खोजी भइरहेको छ। प्रहरीले घटनाको छानबिन गरिरहेको छ र घाइतेहरूको स्वास्थ्य स्थिति सुधारका लागि आवश्यक उपचारको व्यवस्था गरिएको छ।रासस

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *