पौडी खेल्ने क्रममा बेपत्ता र माटोको ढिस्कोले पुरिएका ४ जनाको शव फेला

काठमाडौं । कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता र मुस्ताङमा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएका गरी ४ जनाको शव निकालिएको छ ।

शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुको शव निकालेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदिमा डुबेर बेपत्ता भएको थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो । फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाईएको छ ।

यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निकालिएको छ ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होम बहादुर बुढाथोकी र दाङ्ग जिल्लाको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षिय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो ।

सो घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट खटिएको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *