काठमाडौं। पछिल्लो समय डेंगु संक्रमणका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।
महानगरपालिकाले यदी कसैलाई डेंगुको शंका लागेमा तत्काल परामर्श लिन समेत आग्रह गरेको छ ।
महानगरले डेंगुको आशंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
अहिले नियमित पानी परिरहेकाले डेंगु संक्रमणको जोखिम बढिरहेको छ । जसबाट नागरिकलाई जोगाउन कामनपाले २४सै घण्टा फोन गरी परामर्श लिने सुविधा उपलध गराएको हो ।
परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए ।
उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे ।