१५ दिनभित्र राजनीतिक दस्तावेज पेस गर्न समाजवादी मोर्चाले बनायो कार्यदल

काठमाण्डू, समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ ।

पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नि सापकोटा, महामन्त्री देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत सहभागी थिए ।

दाहाल नेतृत्वको सरकार ढलेसँगै पुन: समाजवादी मोर्चा सक्रीय भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *