विराटनगरमा प्रहरी बोकेको गाडी दुर्घटना, ३० प्रहरी घाइते

काठमाडौं। विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको हो । बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन् ।

घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।

उपचारका लागि पठाइएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सडकमा हिँडिरहेका बालकलाई जोगाउन खोज्दा उक्त गाडी दुर्घटनामा परेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *