रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

चितवन । रेलमार्गको सर्भे गर्ने टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन् ।

सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

बस्तीबाट रेल मार्ग लान नपाइने भन्दै स्थानीयले विरोध जनाएका थिए । घना बस्ती भएको ठाउँबाट रेल मार्ग बनाउन उचित नहुने उनीहरूको तर्क रहेको छ । विगतदेखि नै विरोध गर्दै आएका स्थानीयले संघर्ष समिति नै बनाएर सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *