काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई सत्तारुढ दलको मुख्य सचेतक पदमा मनोनयन गरेका छन् ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलको नेताको हैसियतमा ओलीद्वारा जारी विज्ञप्तीमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको’ उल्लेख छ ।
मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?