तेस्रो अभ्यास खेलमा नेपाल २ रनले विजयी

काठमाण्डू, श्रीलंकामा हुने एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टीमलाई २ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टीम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

नेपालका लागि रुवीना क्षेत्रीले ३७ र विन्दू रावलले २० रन बनाएका थिए । यसअघि भएका दुवै खेलमा नेपाल एसएल डेभलवमेन्ट टीमसँग पराजित भएको थियो ।

डेभलवमेन्टले पहिलो खेल ३३ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । शुक्रबारदेखिसुरु हुने महिला एसिया कपमा नेपालले पहिलो खेल युएईसँग खेल्नेछ ।

दोस्रो खेल पाकिस्तान र तेस्रो खेल भारतसँग खेल्नेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *