एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने

एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने

वीरगञ्ज : एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मा वीरगञ्ज महानगरले लिने भएको छ । महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।

आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरेका थिए।

‘एञ्जल बस चालकका छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ’, नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ।’ जवाहीरका एक छोरी र दुई छोरा छन्।

महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो।

नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *